५ औ युएनए सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न ,वक्तृत कला तथा बाल नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक
डिसी, जेठ ९ । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौं सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा अमेरिकाका विभिन्न संघ/संस्थाका सामाजिक अभियन्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको शुभारम्भमा नेपाली राष्ट्रिय गान तथा अमेरिकन राष्ट्रिय गान बजाईएको थियो ।
सम्मेलनमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह ,एएनएका अध्यक्ष विजय भट्टराई ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल लगायतले शुभकामना दिएका थिए । सम्मलेनको संयोजक चन्द्र लामा भएकोले सम्मेलनको सभापतित्व लामाले गरेका थिए ।
यसै गरि बिहानै देखि खेलकुद कार्यक्रम भर्जिनियाको विभिन्न शहरमा धमाधम भै रहेको छ । खेलकुदमा भकुण्डो,बास्केटबल,भलिवल तथा टेनिस प्रतियोगिताहरु भै रहेका छन् ।
सबै खेलका अन्तिम निर्णायक खेल भोली सम्पन्न हुनेछ । बिजेता खेलाडीहरुलाई पुरस्कार तथा नगद खेल स्थल मै प्रदान गरिने छ । जुन खेल को अन्तिम निर्णायक खेल हुन् त्यही नै पुरस्कार बितरण गरिने आयोजकले जनाएका छन ।
आज बिहान भएको वक्तृत कला प्रतियोगितामा शुब्रत पौडेल प्रथम,निशी केसी द्वितीय तथा अर्नभ गौतम तृतीय भएका छन । यस्तै गरि आजै सम्पन्न लिटल ट्यालेन्ट प्रतियोगिता (बाल प्रतिभा )मा भर्जिनियाकि इर्शिता श्रेष्ठ प्रथम भएकी छिन भने भर्जिनिया कै सेयोन श्रेष्ठ द्वितीय हुन् सफल भएकी छिन् ।
यसै गरि मिसिगनकि सनाया पौडेल तृतीय भएकी छिन ।
आजै सम्पन्न भएको ११ देखि १७ बर्ष उमेरको नृत्य प्रतियोगितामा प्रथम ,द्वितिय र तृतीय नै भर्जिनियाका प्रतियोगीहरु बिजयी भएका छन् । उक्त प्रतियोगितामा वर्षा पराजुली प्रथम,सुयेक्षा नेपाल द्वितीय र रियाना दाहाल तृतीय भएका छन् ।
आज साँझ महिला सम्बन्धी कार्यक्रम पनि हुनेछ । उक्त कार्यक्रमराती ८ बजे हुनेछ भने त्यसको संयोजन सुनिता खत्रीले गरेकी छिन । आज सम्पन्न नृत्य प्रतियोगिता र प्रतिभा प्रतियोगिता कार्यक्रमको संयोजन बिना खड्का लामाले गरेकी थिइन् । यता खेलकुदको संयोजन खेलकुदका संयोजक सन्तोष बिडारीले गरि रहेका छन् ।
युएनए संस्थाका अध्यक्ष भक्त भण्डारी हुन् । सम्मेलन संयोजक चन्द्र लामा हुन भने सह संयोजक सन्तोष बिडारी हुन् ।