उपत्यकामा आज देखि  २० गतेसम्म निषेधाज्ञा थप कडाई

काठमाडौं उपत्यकामा आज १४ गतेदेखि  २० गतेसम्म निषेधाज्ञा थप कडा पारिँदैछ। काठमाडौं उपत्यकाका तीन जिल्लाको जिल्ला प्रशासन कार्यालयले थप गरेको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्।

यस अवधिमा डिपार्टमेन्टल स्टोर पनि बन्द गरिनेछ । दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको हो ।

यसअवधिमा माछा-मासु, दूध, तरकारीलगायतका पसल भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ। निषेधाज्ञाको समयमा खाद्यान्न किन्न परे काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।

खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

प्रशासनले दिएका नम्बरहरू :

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड –

प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४

विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५

प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड –

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४

नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३

विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०

अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv