देशभर आज मौसम बदली भई यी स्थानमा भारी बर्षा हुने , सचेत रहन मौसम बिभागको आग्रह
काठमाण्डौ,जेठ १४ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन ,चट्याङ , हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली,पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात,बर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली,पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन , चट्याङ, हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी ,अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली,पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात,वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली,पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।