नयाँ बजेटमा के–के आयो ?
काठमाण्डौ,जेठ १६ । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य र बिकास निर्माणमा लक्षित गरी चुनावी शैलीमा प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ ।
१.निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
२.वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो ।
३.खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।
४.अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
५.युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
६.विद्यार्थीलाई निशुल्क सिमकार्ड , सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।
७.सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।
८.महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
९.प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
१०.गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
११.दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
१२.३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
१३.उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
१४.दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
१५.कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
१६.वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
१७.सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
१८.पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
१९.आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
२०.काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
२१.२०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
२२.पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन ,यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।
२३.शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।
२४.साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।