पत्रकार केसी प्रहरीद्धारा कुटिए क्यामेरा समेत तोडफोड
चितवन,असार २३ । पत्रकार मिलन केसी प्रहरीद्धारा कुटिएका छन् । चितवनकी सुजिता भण्डारीको मृत्युप्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका ‘हेल्लो टिभी’ का पत्रकार मिलन केसीलाई प्रहरीले निघार्त कुटपटि गरी क्यामेरा समेत तोडफोड गरिदिएका छन् ।
लामो समय देखि पत्रकारीता पेशालाई अंगाल्दै आएका केसीले आफु पत्रकार हो भनेर परिचय पत्र देखाउँदा समेत प्रहरीले उनीमाथि प्रहरीले लात्तिले हान्दै लाठी समेत प्रयोग गरेकाले उनको घुँडामा गम्भिर चोट लागेको छ । पत्रकार केसी माथि भएको कुटपिटको विषयलाई लिएर अनलाइन टिभी पत्रकार संघले भत्र्सना गर्दै प्रेस वक्तव्य समेत निकालेको छ ।