गायिका सरद कुमारी श्रेष्ठको “तिज आयो बरी लै माइती” भिडियो सहित

काठमाण्डौं,असार २४  । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गायिका सरद कुमारी श्रेष्ठको आवाजमा रहेको मौलिक तिज गीत “तिज आयो बरी लै माइती” गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली नारिहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ । सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विषन मान्धरले गीतमा एरेन्ज गरेका छन ।

विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन र राजेन्द्र विसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन  भिडियोमय रहेको छ  । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ  । गीतमा आरोही चौलागाईको नृत्य तथा अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv