सुगम संगीतका हस्ती स्वरुप राज आचार्यले पहिलो पटक गाएको लोकगीत “डाँडा घरे साँईली” चर्चाको शिखरमा ( भिडियो सहित )
काठमाण्डौ,असार २६ । सुगम संगीतका हस्ती मानिएका स्वरुप राज आचार्यले जीवनमा पहिलो पटक लोक गीत गाएका छन् । उनले “डाँडा घरे साँईली” बोलको गीतमा स्वर दिएका हुन् । चर्चित संगीतकार श्री कृष्ण बम मल्लको संगीत रहेको उक्त गीतमा गायक स्वरुप राज आचार्य र लक्ष्मी मल्लको स्वर रहेको छ । भने कृष्ण केसी को शब्द रहेको छ । त्यस्तै भिडियोमा चर्चित लोक गायक प्रकाश सपुत, करिष्मा ढकाल,श्री कृष्ण बम मल्ल, सिल्पा पोखरेलले अभिनय गरेका छन् ।
त्यस्तै भिडियोमा कोरियोग्राफर मौसम हिमाली,निर्देशन देबेन्द्र बब्लु ,छायांकन नवराज उप्रेती र सम्पादन दिनशन शाहको रहेको छ । भिडियोलाई आफ्नो मन युट्युब च्यानल मार्फत बजारमा आएको छ ।
नेपाली लोकगीत र सर्जकलाई सम्मान गर्दै गायक स्वरुप ले सामाजिक संजाल फेसबुकमा पनि उक्त गीत र गायन को बारे चर्चा गर्दै स्ट्याटस लेखेका छन् । उनले भनेका छन् – नेपाली स्तरिय मौलिक लोक संगीत र सर्जकहरुप्रति मेरो सधै ठुलो सम्मान छ ।। मैले मेरो २८ बर्षे सॉगितिक यात्रामा शास्त्रिय आधारित, आधुनिक, पप, फ़्यूज़न, चलचित्र, गजल, भजन, राष्ट्रिय, रक फ्युजन, अंग्रेजी, हिन्दी, नेवारी आदी थुप्रै बिधा भाषा वा प्रकारका गीतहरु गाएँ तर बिशुद्ध मौलिक लोक दोहोरी वा लोक भाका गाउने कहिले आँट गरिन बरु राम्रा र स्तरिय लोक गीत दोहोरी सुन्ने चाहि गर्थें । किनकी यो मेरो लागी धेरै गार्हो कुरा थियो । तर पहिलो पटक यो गीत गाउने दुस्साहस गरेको छु । संगीतकार भाइ श्रीकृष्ण बम मल्लले मलाइ घोटी घोटी सिकाएर हौसला दिएर गाउन लाउनुभयो । म मा म भन्दा बढी कन्फिडेन्स श्रीकृष्णको थियो । सक्दिन होला यार भन्दा पनि दाइले अवस्य सक्नुहुन्छ भनि धेरै कुरा लोक गायन सम्बन्धी सिक्ने मौका मिल्यो ।
गीतकार मित्र कृष्ण के सी ले मलाइ गाउन लाउने सोच्नु भयो जुन मेरो बिधा नै थिएन, सहगायिका लक्ष्मी मल्लको हौसला म बिर्सन सक्दिन, एरेन्जर कृष्ण भान्जा र श्याम स्वेतलाइ नि सम्झें, मित्र अनिल केसीलाइ पनि साधुबाद । भिडियो टीम प्रकाश सपुत भाइ, शिल्पा बहिनी, करिश्मा बहिनी र बिषेश देवेन्द्र बब्लु भाइलाइ हृदयबाटै धन्यबाद । आफुले कहिले नगाएको बिधा मेहनत गरेर गाउने प्रयत्न सहित डराइ डराइ यहाहरुको सामु राखेको छु । अब यहाँहरुको हातमा छ हामीलाइ हौसला र माया दिने पालो । कस्तो गाएँ थाहा छैन तर नेपाली लोक गीत संगीतबारे धेरै चिज सिक्ने र थाहा पाउने मौका पाएँ ।
त्यस्तै संगीतकार मल्लले भने “सुगम संगीतका हस्तिलाई दोहोरी गीत गाउन लगाउनु चुनाैती त थियोे नै तर मेरो अनुरोध स्वरुप दाइले स्वीकार गरिदिनु भयो र गाउनु पनि भयो फलस्वरूप राम्रो गीत बन्यो संगीतकार मल्लले ताजा खबरलाई बताए ।