उठ! साथमा देश मिलेर बचाउन -हेमा सेन ठकुरी (कबिता )
उठ! साथमा देश मिलेर बचाउन
सुतेकाहरुलाइ पनि छ जगाउन
हातमा हात राख काँधमा काँध मिलाउ
सत्य जोगाउन असत्य मेटाउन
ज्यान देशको निम्ति अर्पिए जो पुर्खाले
जुटौं साकार उनको सपना बनाउन
लुकेका छन देशका दुश्मन हाम्रै घर-घरमा
जरुरी छ अब पाठ खोजेर पढाउन
प्रेम पुर्वक मिलेर रहुँ हामी आपसमा
हिमाल,पहाड,तराइ नपरोस टुक्र्याउन।।
पुर्खाको पौरख हाम्रो गौरव,”जय चन्द्र,सूर्य”
कबिता – हेमा सेन ठकुरी