सर्जिकल मास्क चिउडोमा सामाजिक दुरी कायम छैन बेथिति एअरपोर्टबाटै शुरू
काठमाडौं साउन १२ । लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलन कान्छा किरातीले नेपालको बेथिति एअरपोर्टबाट शुरू हुने बत्ताएका छन् ।
सामाजिक सञ्जालमा तस्बिरसहित लेखेकाछन्, ‘नेपालको बेथिति एअरपोर्टबाटै शुरू हुन्छ । कोरोनाको विवरण हातले लेखेर टिपिन्छ । सामाजिक दुरी कायम गरिदैन । सर्जिकल मास्क त्यो पनि चिउडोमा लगाइन्छ । यात्रुलाई घण्टौ कुर्न बाध्य पारिन्छ ।
छिटो छरितो सेवाको लागी कमसेकम विवरण टिपोट गर्न एउटा कम्प्युटर उपलब्ध गराइदेउ –सरकार ! त्यहाँको व्यवस्थापनको लागि सम्बन्धित निकायको ध्यान जाओस ।’