कोरोना कहर यथावत, बिहीवार देखी उपत्यकमा लागु हुँदै यस्तो नियम

काठमाण्डौं,साउन २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गर्नुभएको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ । अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।

त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ । ‘निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ। राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै भए भनेर सो निर्णय गरेका हौं,’ प्रजिअ निरौलाले भने। राति ८ बजेदेखि लागू हुने यो नियम अर्को दिन बिहान कतिबेलासम्म लागू हुने हो भन्नेबारे भने उनले खुलाएनन् ।

स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन । यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv