लोकबहादुरको बयान : बच्चाहरुले पनि देखे त्यसपछि मैले ..
काठमाडौं,भदौ २७ – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको ह’ ‘त्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। आफूमाथि गरेको अपमानको ब’दला लिन सुरुमा तेजबहादुरको ह’ ‘त्या गरेको र त्यसलाई लुकाउन अन्यको ह’ ‘त्या गरेको बयान उनले दिएका छन्।
आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मा’र्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् ।
प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मा’र्ने योजना बनाएको बताएका छन् । प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्, ‘मेरो टा’र्गेट र रि’स भनेको काका (तेजबहादुर) मात्रै हुन्, तर मैले हा’नेको देखेपछि सबैलाई हा’नेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मा’र्थेँ ।’
शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो सं’लग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् ।
आरोपमा पक्राउ परेको व्यक्ति कार्की परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली खटिएको थियो।