निर्मलाका निम्ती न्यायको लडाईं ११ औं दिन, सरकार संकाको घेरामा दिन दिन
काठमाण्डौं,५ मङ्सीर । बलात्कार पछी हत्या गरिएकी निर्मला पन्तको न्यायका निम्ती उनको बाबुआमाले धर्ना दिएको पनि ११औं दिन पुगिसकेको छ । बुधवार धर्ना स्थल महेन्द्रनगरमा नयाँ शक्ती पार्टी बर्दियाको नेता कार्यकर्ता आई एक्यबद्दता जनाए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पनि निर्मलाका बाबुआमाको स्वास्थ्य स्थिती बारे जानकारी लिँदै एक्यबद्धता पुष्तिकामा हस्ताक्षर गर्दै लेख्नु भयो -“निर्मला पन्त नेपाल भरिका उत्पिडन,शोषण र अपराधमा परेकाहरुको साझा नाम र परिचय हो । “निर्मलाका निम्ती न्याय” यो लडाईं त्यसैले निर्मलाको पिता र माताको पारिवारिक लडाईं मात्र होइन समानताको लागि अधिकारको लागि भएको यो लडाईं सबै न्याय प्रेमिहरुको संघर्ष हो । यो संघर्ष अपराधीका बिरुद्धको हो,अपराधीलाई संरक्षण गर्ने प्रत्येक ब्यक्ती अपराधी नै हो । अपराधीलाई दण्ड दिन हामी सबैको प्रतिनिधिका रुपमा निर्मलाको मातापिताको यो लडाईंमा हाम्रो सम्पूर्ण एक्यबद्धता छ । न्याय नपाउने बेला सम्म यो लडाईं जारी रहन्छ र हाम्रो साथ रहन्छ ।”
यसै गरी राजधानीमा भएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका ७ नं प्रदेश इन्चार्ज तथा पुर्व उपप्रधान तथा रक्षा मन्त्री भिम रावलले पनि धर्नालाई समर्थन जनाउँदै हत्यारालाई कार्वाही हुने स्पष्ट पार्नु भयो ।