दैलेखी सेवा समाजद्धारा समाजमा बिभिन्न योगदान दिएका दैलेखीहरु सम्मानित

काठमाडौं । दैलेखबाट काठमाडौं आई बसोबास गर्ने दैलेखीहरुको हकहित र एकअर्कामा चिनजान गर्ने उद्देश्यले स्थापना भएको दैलेखी सेवा समाज बिगत २६ बर्षदेखी कृयाशिल रहदै आएको छ । दैलेखी सेवा समाजले बिगतदेखी बिभिन्न बिधामा अग्रसर रहेका साथै उच्च पदस्थ ब्यतिहरुलाई प्रोत्साहन गर्न बिभिन्न किसिमले सम्मान गर्दै आईरहेको छ । यसै क्रममा एक कार्यक्रमका बिच समाजमा बिभिन्न योगदान दिएका दैलेखीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नबिल बैकका महाप्रबन्धक मनोज ज्ञावली, सामाजिक अभियन्ता चक्र बहादुर चन्द, मेडिसिटी अस्पतालका मुटुरोग डाक्टर जगत अधिकारी लगाएत रहेका छन् ।

नबिल बैकका महाप्रबन्धक मनोज ज्ञावली बैकिड. क्षेत्रका पछिल्लो पुस्ताका आईडल संघर्षशील र मेहनती ब्यति उनी बिभिन्न सेक्टरमा लामो काम गरी बिकास बैकको कार्यकारी प्रमुखको समेत कुशल भुमिका निर्बाह गरीसकेका मिलनसाल ब्यति हुन ज्ञवाली उनी बैकिड. क्षेत्रका स्टार हुन भन्नेको कमी छैन अहिले बैकिड. बजारमा ।सामाजिक अभियन्ता चक्र बहादुर चन्द बिगत दुई दशकभन्दा लामो सामाजिक यात्रामा उनी निरन्तर लागी रहेका छन् । उनी रेयूकाई नेपालको कर्मचारीको उच्च तह कार्यालय प्रमुख सहित बिभिन्न उच्च पदमा रहेर कार्यकुशलता देखाईसकेका छन् । उनी बिभिन्न संघसंस्थामा पनि आवद्ध रहेका छन् ।

 

उनी साउथ एशिया टिमको संयोजक भै नेपाल,भारत, बंगलादेश, भुटान र म्यान्मार देशमा हरेक बर्ष वातावरण दिवसका दिन बृहत बृक्षारोपण कार्यक्रम लगाएत अन्य कार्यक्रम नियमित गदै आएका छन् । उनी वाग्मती सफाई महाअभियानका अभियन्ता पनि हुन । भने नेपाली चलचित्र क्षेत्रमा पनि उनी निकै कृयाशिल रहदै आएका छन् । दैलेखको सामान्य कृषक परिवारमा जन्मेर उनी काठमाडौंमा आएर संघर्ष गरी देश तथा बिदेशमा आफ्नो सफल पहिचान बनाउन सफल भएका ब्यति हुन ।मेडिसिटी अस्पतालका मुटुरोग डाक्टर जगत अधिकारी उनी संभवत कर्णाली प्रदेश कै पहिलो मुटुरोग बिशेषज्ञ डाक्टर हुन उनी बिदेशमा उच्च शिक्षा हासिल गरी आफ्नो क्षमतालाई बिकास गरेका दैलेखी यूवा डाक्टरको रुपमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

त्यस्तै उपप्रध्यापक बिनोद अधिकारी उनी यूवा समाजसेवी तथा कोटेश्वर क्याम्पसमा स्थायी उपप्रध्यापकको भुमिकामा छनु भने सामाजिक क्षेत्रमा पनि त्यतिकै कृयाशील रहदै आएका छन् । ।आज एक कार्यक्रमका बिच दैलेखी सेवा समाजका अध्यक्ष समाजसेवी प्रताप शाही र सल्लाहकार तथा मनघरी फाउण्डेसनका संरक्षकबाट खादा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसअधि पनि समाजले बिभिन्न ब्यतिहरुलाई सम्मान गर्ने बिभिन्न कार्यक्रम गर्ने गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv