न्याय नपाए पछी निर्मलाका बुवाले मानसिक सन्तुलन गुमाए ( भिडियो सहित )
काठमाडौँ,७ मङ्सीर । न्याय नपाए पछी निर्मलाका बुवाले मानसिक सन्तुलन गुमाएका छन । आज कान्चन्पुर मा अचानक सडकमा जथाभावी बोल्दै ‘छोरीको हत्यारा मुर्दाबाद’ भन्दै घर सडक र बजार वरपर हिंडेका थिए । उनलाई सम्भाल्न महिला अधिकारकर्मी परिवार जनलाई निकै हम्मेहम्मे परेको थियो । आफु संगै रहेका एक महिला अधिकारकर्मी माथि हातपात गरेका थिए । साथै सडकमा हिंड्ने अरु ब्यक्ती माथि पनि हात उठाएका थिए ।
निकै प्रयास पछी प्रहरीको सहयोगमा उनलाई धर्ना स्थलमा लगिएको थियो । निर्मलाको न्यायका निम्ती जिल्ला प्रशासन कार्यालय कान्चन्पुर अगाडि कार्तिक २५ गते देखी दबाव दिन पन्त परिवार र अधिकारकर्मीले धर्ना दिदै आएका छन । भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-