पुर्व मन्त्री वर्षमान पुन उपचार गरेर स्वदेश फिर्ता सरकारको तर्फबाट मन्त्री अथकद्धारा बिमानस्थलमा स्वागत
काठमाण्डौं, ११ । माघ पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो उपचारपछि स्वदेश फर्किनुभएको छ । सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फर्किनुभएका नेता पुनलाई सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्वागत गर्नुभएको छ ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किनुभएका पुनलाई सरकारको तर्फबाट मन्त्री अथकले तथा पार्टीको तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो ।
जन्डिसको समस्या आएपछि पुन गत असोजमा बैंकक जानुभएको थियो । त्यहाँको उपचार प्रभावकारी नभएपछि पुनलाई चीन लगिएको थियो । चीनमा लामो समय उपचार पछि पूर्ण रुपमा स्वस्थ हुँदै नेता पुन सोमबार स्वदेश फर्कनुभएको हो ।