अदालतले न्याय नदिए पछी निहारिकाले गुहारिन पत्रकार आखिर किन ?

काठमाण्डौ । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारीका राजपुतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाई दिएकोमा आपत्ति जनाएकी छिन् । आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्र्दै राजपुतले आफुलाई बलात्कार गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाई दिएर आफुमाथि अदालतले अन्याय गरेको दुःखेसो पोखिन् ।
निहारिका राजपुतले राज्यले आफुलाई न्याय नदिए आत्महत्या गर्नेसमेत चेतावनी दिईनु् । उनले साथीले बोलाएर घरमा गएको बेला आफुलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले बलात्कार गरेको स्मरण गराईन् । आफुले केही नखोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफुलाई न्याय मिल्ने उनको भनाई थियो । उनले भनिन,‘मैले युवकसँग अरु केही मागेको छैन्, उसले सजायमात्र पाउनुपर्यो अरु केही चाहिँदैन् । मेरो ईज्जत त गईसक्यो, अरु के बाँकी छ र ?’
उनले आफु कुनैपनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बाध्य बनाउनेसमेत जिकिर गरिन् । उनले भनिन्,‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’ युवकको परिवारले पहिला आफ्नो कुरा नसुनेपनि अहिले भने आफुलाई स्विकार गर्ने कुरा आफन्तले सुनाएपनि युवकसँग विवाह गर्ने पक्षमा भने आफु नभएको उनले स्पष्ट पारिन् । उनको अहिले डेढ वर्षको छोरा छन् ।

बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदापनि आजसम्म न्याय नपाएको उनको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उनले बताईन् ।

उनले डेढ वर्षपछि भदौमा आरोपित युवा पक्राउ परेपनि जिल्ला अदालत धनुषाले सफाई दिएको भन्दै आपत्ति जनाइन् । ‘ममाथि अन्याय भएको छ, म कलंकित भएको महसुस गरेको छु ।’–उनले भनिन् ।

महिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफुलाई सहयोग नगरेको पनि उनको गुनासो छ। उनले भनिन्,‘महिला आयोगले आफुलाई पटक–पटक बच्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब राज्यले आफु र बच्चाको ज्यानको सुरक्षा र पीडकलाई कारवाही गरे आफुले न्याय पाएको महसुस हुने उनको भनाई थियो ।

उनले आफुलाई बलात्कार गर्ने युवक प्रेमी नभएको पनि स्पष्ट पारिन् । बेहोस बनाएर बलात्कार गरेको र आफु होसमा आउँदा जिउमा लुगा नभएको पाएको समेत उनले सुनाइन् । उनले भनिन्,‘आफ्नो ज्यानमा कपडा नदेखेपछि म चिच्याएर कराउँदा मेरो नाङ्गो फोटोहरु देखाएर धम्काएपछि म डराएँ ।’ यसमा युवकको बहिनीको पनि मिलेमतो भएको उनले जिकिर गरिन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv