बिद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण
काठमाण्डौ,फागुन ६ । नेपाली विधार्थी समाज दक्षिण कोरीया (सोनसिक) र क्वान ले “हामी सक्षम नारी” को स्थानिय ब्यवस्थापकिए सहयोगमा आज कैलालीको कैलारी गांउपालीकामा अवस्थित श्री जनकल्याण माध्यामिक विधालय, कालीमाई आधारभुत विधालय, र रामजानकि प्राथमिक विधालयका जम्मा ३५ जना जेहेन्दार, आपांगता भएका, आर्थीक रुपले विपन्न, छात्र-छात्राहरुको अनुपात, तथा सबैकुराहरु ध्यानमा राखि बलीयो झोला, कपीहरु, कलमहरु, मास्क लगाएत सामग्री सहयोग गरेको छ। स्थानिए सम्पूर्ण ब्यवस्थापनमा हामी सक्षम नारी समाजकि अध्यक्ष सरस्वती जोशी जी को निकै ठुलो सहयोग रह्यो।
कार्यक्रममा क्वानका सदस्य प्रा. डा. प्रेम साउद को अपस्थिति रहेको थियो। सोनसिकले आफ्नो सामाजिक दायित्वलाई अझै बढाउदै लैजाने छ। यो भन्दा अगाडी प्युठानमा शैक्षिक सामग्री सहयोग गरेका थियौ। अब रुकुम र गुल्मीमा वितरणको तयारी भैरहेको छ। सोनसिक १८औ कार्यसमितिले ७ ओटै प्रदेशमा सहयोग गर्ने पवित्र लक्ष्य लिएको छ।