रहेनन् बरिष्ठ लोक गायक जयनन्द लामा

काठमाण्डौं,फागुन ११ । बरिष्ठ  लोक गायक जयनन्द लामाको निधन भएको छ ।  गए राती २ बजे आफ्नै घरअगाडि गाडिबाट ओर्लिने क्रममा लडेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले सयभन्दा बढी चलचित्रमा अभिनय गरिका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा अहिलेसम्म पनि चरित्र अभिनयमा सक्रिय छन्।

लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।

२०२७ सालबाट लोकगीत गाउन शुरू गरेका उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv