आमाको सम्झनामा लेखु सहयात्रिकोअत्यन्तै मन छुने गित, बलिवूड डान्स च्याम्पियन सुशान्त खत्रीको मार्मिक नृत्य
काठमाण्डौं २ बैशाख । आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमुर्ति हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिं उचित हुन्छ ।
आमा बुवाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। गुरु भन्ने बित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिं होइन ।
नहुर्कीदा सम्म आमाबुवाले हामीलाई ज्यान दिएर पालन पोषणमा गरेका हुन्छन् । आफ्नो सन्तानले खायो कि खाएन ,उसलाई चैन छ कि छैन हरदम आमा बुवालाई यहि कुराको चिन्ता हुन्छ।
वास्तवमा गुरु भनेकै आमा बुवा हुन्। असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति हुन् । शिक्षा दिएर देशको सभ्य र कुशल नागरिक बनाउन यिनै आमाबुवाले प्रतिज्ञा गरेका हुन्छन् ।
आमाको मुख हेर्ने अघिल्लो दिन गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका हुन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ ।
सुशान्त खत्री यो गीतमा फिचर्ड छन् । उनी यसकारण पनि चर्चामा छन् जसले भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए । उनले यसअघि जीवनमै पहिलोपटक म्युजिक भिडियोको रुपमा ’यो मुटु दुख्छ किन’ मा समेत अभिनय गरिसकेका छन् । आमाहरुलाई सर्मपित गरेर लेखिएको शब्दमा सुशान्तले निकै दमदार फिचरिङ गरेका छन् ।
हेर्नुस भिडियोः