एमसीसी अनुमोदन भएपछी कस्ले के भने ?

काठ्माण्डौ,फागुन १५ । अन्तत: एमसीसी बहुमतले पारित भएको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

यो सँगै बिपक्षमा उभिएका नेता सांसद र बिज्ञहरुले टिप्पणी गरेकाछन् । यसरी टिप्पणी गर्नेमा नेकपा माओवादीका नारायणकाजी श्रेष्ठले पनि एमसीसीको बिरोध गर्दै टुइट गर्नु भएको छ – अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं । भन्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसकी नेत्री डा डिला संग्रौला लेख्नु हुन्छ – नेपाल सरकार र अमेरिकी सहयाेग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन ( MCC) बीच भएकाे अनुदान सहायता सम्झाैताका प्राबधानहरुकाे अाशय र प्रयाेगका बारेमा ब्याख्यात्मक १२ बुदे घाेषणा सहित अाज बसेकाे प्रतिनिधिसभाकाे बैठकबाट MCC अनुदान सहायता सम्झाैता अत्यधिक बहुमत बाट पारित भयो ।

त्यस्तै नेकपा समाजवादीको नेता तथा शहरी बिकास मन्त्री रामकुमारी झांक्री लेख्नु हुन्छ -तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो।म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु।

राजनीतिका खेलाडीमानिएका प्रचन्ड र ओली बिच ठुलो जुहारी चल्नेछ भने नजिकिदै गरेको चुनावमा एमालेले पनि चुनावी नारा पाएको छ । संसदबाट अनुमोदन भएको व्याख्यात्मक टिप्पणी सहितको अनुमोदनलाई एमसीसीले कसरी लिन्छ हेर्न बाँकी छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv