राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान ले मनायो स्थापना दिवस, दिवंगत श्रष्ठाको सम्मानमा बैकुण्ठपुरी कक्षको स्थापना
काठमाण्डौं,फागुन ३० । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल ले २१ औं स्थापना दिवस मनाएको छ । आईतबार काठमाण्डौको टोखा स्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो । उक्त कार्यक्रम सँगै दिवंगत कलाकारको बैकुण्ठपुरी कक्षको स्थापना पनि गरेको छ । बिभिन्न कालखण्डमा दिवंगत हुनु भएका श्रष्ठाहरुको सम्मानमा स्वर्गिय श्रष्ठात्मा प्रतिस्ठापन तथा बैकुण्ठपुरी कक्ष नाम राखी उदघाटन समेत गरियो । तस्तै उक्त कार्यक्रममा संस्थापक सल्लाहकार हेम गुरुङलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरियो ।
प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ्ग,संस्थापक सल्लाहकार हेम गुरुङ , प्रतिष्ठानका अध्यक्ष रमेश बिजी केन्द्रिय पदाधीकारीहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । हेर्नुहोस् भिडियो :-