कृषि ब्यावसायबाट सफल उद्दमी बन्न सफल सक्कल थापा जसले भारतका विभिन्न रेस्टुरेन्ट समेत काम गरे

काठमाण्डौं चैत १५ । सन् २००५ तिर आफ्नै घर गोदावरी ललितपुरमा वुबाले सुरु गरेको विउ पसलबाट कृषि क्षेत्रमा पाइला राखेका ३१ वर्षे सक्कल थापा आज नेपालको ७७ जिल्लामा सेवा दिइरहेका छन् । अहिले थापाको नेपाल भरि १५० भन्दा बढि डिलर तथा सव डिलर र १०० भन्दा माथि कर्मचारी छन् । सक्कल एग्रो एण्ड सिड्स ट्रेडर्स, सक्कल सिड्स, नक्खु सिड्स तथा सक्कल एग्रो मार्टका सञ्चालक थापा भन्छन कृषिमा आम्दानी छैन भन्नेले हामीलाई सम्पर्क गनर््ुहोस् हामी तपाईलाई महिनाको २० हजार देखि १ लाखसम्म कमाइ गर्नसक्ने बनाईदिन्छौ । एक देखि ३ महिना हामीसंग काम गर्ने हो भने आफै व्यवसाय गर्नसक्ने बनाइदिन्छौ ।

ललितपुर गोदावरी निवासी सक्कल थापा प्लस टू पछि बिज्नेस म्यनेज्मेन्ट पढ्नका लगि नर्थ वेस्ट कलेज लण्डन पुगे । पढाई सकेर अरुको काम गर्नु भन्दा आफ्नै देशमा सानो व्यवसाय गर्छु भन्ने सोचले सन् २०१४ मा नेपाल फर्किए । फर्किएपछि आफन्त साथिभाईले किन कार्ड लिइर नबसेको पनि भने, उता जस्तो यहाँ कमाउन सकिदैन पनि भने । १, २ वर्ष त त्यसतै नै भयो, निकै संघर्ष गर्नु पर्यो । घनघोर वर्षा पछि खुलेको आकाश जस्तै अहिले सक्कल एग्रो कृषि क्षेत्रमा खुलिसकेको छ ।
थापन भन्छन, मेरो नामबाट भन्दा पनि सक्कल एग्रोको नामले देशको कुना काप्चामा चिनिएकोमा गर्व लाग्छ । हाम्रो उदेश्य कृषि दक्ष जनशक्तीका साथै यसै क्षेत्रमा उद्यमी बनाउने हो ।

लण्डनमा थापाले एक भारतिय रेस्टुरेन्टमा काम गर्थे । उक्त रेस्टुरेन्ट साझेदारहरु विच समस्या आइपर्यो र ३० हजार पाउण्ड लगभग ३५ लाख नेपाली रुपौयामा बिक्रि गरे । त्यसकुराले थापाको सोच बदलियो । त्यत्रो पैसा तिरेर हामी विदेश जान्छौं अनी सानोतिनो कामा अल्झिएर समय फाल्नु भन्दा त नेपालमा नै केहि सानो व्यावसाय गर्नु पो ठिक रहेछ भन्ने लाग्यो र फर्किएर आफ्नो व्यावसाय नै गर्छु भन्ने सोच आयो । आफन्त डा. केदार बुडाथोकीले यस क्षेत्रमा गर्नु भएको योगदानले र त्यो सानो वुवाको पसलले नै कृषि क्षेत्रमा थापालाई व्यवसायी बनाउन प्रेरित गर्यो । सन् २०१५ मा ३ लाख पुँजीबाट सुरु गरेको व्यवसाय आज ३० करोडको कारोबार गर्ने भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv