नेपाली पार्कर खेलाडीको सम्मानमा अमेरिकाको ओहायो एक्रोन सहरमा ‘दिनेश सुनार डे’
काठमाण्डौ,बैशाख ९ । पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाको आहाओ राज्य अन्तरगत एक्रोन सहरका मेयर डेनियल होरिगले सममान गरेका हुन ।
मेयरको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सुनारलाई सम्मान गरिएको हो । उनको सम्मान कार्यक्रममा अमेरिकामा रहेका नेपाली समाजका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
सममान कार्यक्रममा बोल्दै दिनेशले यो बर्ष छैटौं पटक गिनिज बूकमा नाम लेखाउने तयारीमा रहेको बताएका छन् । दिनेश भन्छन्, ‘बाल्यकालमा उफ्रिँदाउफ्रिँदै सिकेको खेलले गिनिज बूकमा नाम लेखाउँला भन्ने त कुनै कल्पना नै थिएन।’ दिनेश बालुवामा तालिम गरेर स्थापित भएका सङ्घर्ष सिल पार्कर खेलाडी हुन ।
अन्तर्राष्ट्रिय पार्कर खेलाडी सुनारमा ठूल्ठूला ढिस्कोबाट उड्ने (दुई स्टेपसम्म), भित्तामा उफ्रिने अनि भीरपाखाबाट हाम्फाल्ने अद्भुत क्षमता छ ।बाल्यकालमा यसरी उफ्रिँदा साथीहरूले हनुमान उपनाम दिएका थिए । चरा जसरी उड्ने, चितुवाको गतिमा दौडने र खतरासँग खेल्ने बाल्यकालदेखिको अद्भुत क्षमतालेनै उनी ५ पटकसम्म गिनिज बूकमा नाम लेखाउन सफल भएका हुन ।