जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर, ३ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–२ बस्ने २५ बर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछानेले सोही ठाउँ बस्ने २१ बर्षीया महिलालाई सोही ठाउँ स्थित बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (श्रोत:- समाचार प्रहरी प्रधान कार्यालयको फेसबुकबाट सभार । )