रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन बसुन्धाराबाट पार्टीको कार्यालय सुभारम्भ

काठमाण्डौं,असार ७ । सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबाट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् ।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ । निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताएका छन् । उनले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन् ।

रवि लामिछाने दल दर्ताका लागि आयोगमा निवेदन दिन जाँदा देखिए यस्ता दृश्यहरु : रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् ।

निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv