एनआरएनएद्धारा लाइब्रेरी हस्तान्तरण
डडेल्धुरा । डडेल्धुराको बाल कल्याण माध्यामिक बिध्यालय पुइलेखमा एनआरएनए लाइब्रेरी हस्तान्तरण गरिएको छ ।
एनआरएनएका लाइब्रेरी बिभागका प्रमुख भक्त बहादुर भन्डारीले प्रधानाध्यापक जगदिश सिंह भण्डारी र ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर साउदलाई एनआरएनए लाइब्रेरी हस्तान्तरण गर्नु भएको हो ।
प्रमुख अतिथी एनआरएनएका पुस्तकालय बिभाग प्रमुख भक्त बहादुर भण्डारीले पुस्तकालय हस्तान्तरण गर्दै भन्नु भयो ” यस पुस्तकालयले बालबालिकाहरुको बौद्धिक बिकास होस् भन्ने चाहना रहेको हुँदा आज एनआरएनएको पहलमा पहिलो पटक सुदुरपश्चिममा यस्ता कार्य गर्न पाउँदा हर्षित छु ।”
“यस लाइब्रेरीले बालबालिकामा पढ्ने संस्कार बिकास होस भन्ने मुख्य लक्ष्य रहेको र यो लक्ष्यलाई पुरा गर्नको लागि अभिभावक,बिद्यालय र विद्यार्थी हरुको सकृय भूमिका भए यो लाब्रेरिको स्थापना भएको सफल हुनेछ भन्ने विश्वाश लिएको छु ।”
” यो लाइब्रेरी स्थापना गर्नको लागि मलाई एनआरएनएका अध्यक्ष बिनोद कुंवर, बिक्कु लामा (दुर्गम लाईब्रेरी अभियानता ) , हेल्प नेपाल नेट्वर्क,भक्त बीबी, तेज बहादुर भण्डारी (खडक बहादुर स्मृति प्रतिष्ठान) बिद्यालय लाइब्रेरी ब्यवस्थापन समिती र अभिभावक, शिक्षक ज्युहरु र प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक कृतज्ञा प्रकट गर्दछु ।” भन्नु भयो ।
त्यस्तै बालकल्याण माध्यामिकका शिक्षक अविभावक संघका अध्यक्ष हरेन्द्र भण्डारीले एनआरएनएको यसकार्यको प्रसंशा गर्दै – “उत्तम रत्नको रुपमा यस पुस्तकायलाई लिनेछौं र आगामी दिनमा सहयोगको अपेक्षा गर्नेछौं । अतिरिक्त पुस्तक पढ्ने बानिको बिकास हुनुपर्दछ र बाबुनानीमा त्यस्तो बिकास हुनेछ भन्ने आशा गरेको छु ।” भन्नु भयो ।
गाउँपालिकाका वडा अध्यक्ष दत्ती सिंह भण्डारीले – “फुर्सदको समयमा गाउँचोकमा हल्लिएर बस्नु भन्दा यहाँ आई बढ्ने बातावरण बनेको छ खुशीको कुरा हो । यहाँ राखिएको पुस्तक पढेर स-साना बालबालिकाको अध्ययन क्षमता बढ्नेमा ढुक्क रहेको छु । भन्नु भयो । त्यस्तै गाउँपालिकामा पनि थप पुस्तकालय बनाउन एनआरएनएलाई आग्रह गर्दछु । भन्नु भयो ।
बालकल्याण माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर साउत को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए लाइब्रेरी बिभागका अध्यक्ष भक्त बहादुर भण्डारी,भक्त बी बी फर ह्युमानेटीका अभियानता राजु चन्द,माउन्टेन इन्स्टिच्युटका अध्यक्ष निरज ताम्राकार,बालकल्याण माबिका अध्यक्ष हरेन्द्र भन्डारी,बाल कल्याण माद्यामिक बिद्यालय तथा बहुउदेश्य खानेपानी योजनाका अध्यक्ष करबिर सिंह भण्डारी, बिशिष्ट अतिथी अजयमेरु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दत्ती सिंह भण्डारी,बिद्यालय ब्यवस्थापन समिती सदस्य तारा खड्का,सदस्य शेर बहादुर दमाइ,चन्द्रा भट्ट,बिद्यालय ब्यवस्थापन समितीका पदाधीकारी अबिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
लाइब्रेरीमा बिभिन्न बिधाका ३१०० पुस्तक राखिएको छ । डेस्क टेबल,चकटी लाइब्रेरी रङरोगन,तालिम, ढुवानी लगायतका सम्पूर्ण ब्यवस्था एनआरएनए ले गरेको हो ।अनुमानित ९ लाख रकम लागतमा उक्त लाइब्रेरी स्थापना भएको लाइब्रेरी व्यवस्थापन समितिले जनाएको छ ।