साउनको पहिलो दिन साउन १ गते साउने सङ्क्रान्ति मनाईदै

काठमाण्डौं,साउन १ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्‍नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

पशुपतिनाथ मन्दिरमा साउनको तयारी

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ।

पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ।

हरेक मानिसले आफ्नो जिवनलाई सफल बनाउनको लागि शास्त्रीय नियमहरु मान्नु पर्ने हुन्छ । आज हामी तपाईलाई ज्योतिष शास्त्रले बताएअनुसार धन नोक्सान हुन बाट बचाउने केही उपायहरु बताउँन गइरहेको छौँ । जसको पालना गर्नाले तपाईले आर्जन गर्नु भएको सम्पति सजिलै र सुरक्षित साथ बचत गर्न सक्नुहुने छ । जसले तपाइलाई बिशेष लाभ पुर्याउने छ ।

१.यदि तपाई यस्तो समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो विस्तारा नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै बरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईले धन नोक्सान हुने समस्याबाट बच्न सक्नुहुनेछ । तपाईलाई अधिक धन कमाउन सक्ने अवसर मिल्नेछ ।

२. ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्या बाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।

४.शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइएको छ ।

५.मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv