राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु – टंकलाल घिसिङ (सदस्यसचिव राखेप)
काठमाण्डौ,साउन १९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ऐन बनाउँदा सरोकारवाला सँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुनुका साथै प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोटर््स डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले उक्त प्रतिक्रिया दिएका हुन् ।‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ । प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ । उहाँहरूले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन । केन्द्र र प्रदेशका ऐन बाझिँदा खेल संघलाई कठिनाई भइरहेको छ,’सदस्यसचिव घिसिङले भने,‘ऐनमा जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो । तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन । राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु । उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ ।’
नियमावाली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको छ ।
‘ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी ऐन बनाएको प्रष्ट देखियो । ऐन बनाउँदा केही मान्यता नअपनाइदा कार्यान्वयनमा जटिलता आएको हो । खेलमा मात्र होइन अन्य क्षेत्रमा पनि यस्ता समस्या आएका छन् । तथापि, मैले समाधान गर्ने बाटोतर्पm प्रक्रिया अगाडि बढाइसकेको छु,’उनले भने । ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेल संघका निर्वाचन हुन सकेका छैनन् । सदस्यसचिव घिसिङले संघलाई वैद्यानिकता बनाउने पक्षमा आफू लागिरहेको बताए ।
तर, त्यो भन्दा अगाडि संघले पनि ऐेनलाई पूर्णता पालना गर्नुपर्ने र यदि ऐन सम्मत निर्वाचन भएका छैनन् भने ती संघले मान्यता पनि नपाउने उनको भनाइ छ ।‘संघहरूले इमानदारिताका साथ निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्छ । ऐन पालना गर्दै विधान स्विकृत गराएर निर्वाचनमा जाँदा संघहरूलाई मान्यता दिनेछौं । निर्वाचनका लागि कुनै संघले समस्या भोग्नु पर्दैन,’घिसिङले उल्लेख गरे ।
नवौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने उनले योजना सुनाए । पहिलो संस्करणदेखि नवौंसम्मका डाटा सुरक्षित गरिने समेत उनको प्रतिबद्धता छ ।
यो पनि पढ्नुहोस
रग्बी टोली जकार्ता जाने
एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दै छ ।
खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेल रहेका छन् ।
जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ । राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए ।
एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा सहभागिता जनाएको थियो । भारतको चेन्नइमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो ।
टिम व्यवस्थापकमा विनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।
ट्रिटनलाई क्रिकेट उपाधि
ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै ट्रिटनले ५० हजार नगद पुरस्कार पायो ।
हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित ग¥यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित भए ।
ट्रिटनका अमित श्रेष्ठ ‘म्यान अफ द सिरिज’ ट्रिटनकै रवि शाह उत्कृष्ट ब्याट्सम्यान र जेएमडीका सुमित झा उत्कृष्ट बलर चुनिए । चारदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।