शारीरिक सुगठनमा रजत तथा कास्य पदक विजेतालाई नगद पुरस्कार

काठमाण्डौ,साउन १९ । हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिपस्र्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री राजेश वावु श्रेष्ठज्यूले एक समारोहका विच आफ्नो व्यक्तिगत रुपमा रजत पदक विजेतालाई नगद रु. १,५०,००० तथा कास्य पदक विजेतालाई नगद रु. ७५,००० पुरस्कार प्रदान गर्नु भएको थियो ।

सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष श्री विजय लाल कायस्थज्यूले विजेता खेलाडीहरुलाई क्रमशः नगद रु. २०,००० र १०,००० ले पुरस्कृत गर्नु भएको थियो । उक्त अवसरमा संघका उपाध्यक्ष श्री दिनेश राजभण्डारीज्यूले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेशनले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री राजेश वावु श्रेष्ठलाई विश्व शारीरिक सुगठन फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित गरिएकोमा नेपालको शारीरिक सुगठन संघ एवं खेलको अझ उचाई बढेको महशुस गर्दै विश्व फेडेरेशनका अध्यक्ष दातुक पौल चुवालाई दक्ष एव योग्य व्यक्तिलाई उक्त पदमा मनोनित गरिएकोमा हार्दिक धन्यवाद ज्ञापन समेत गरियो। स्मरण रहोस नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्शिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ र नेपाल एक न्यूट्रल भेन्यू भएकोले एशियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने बारे समेत जानकारी गराइयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv