मन्त्री श्रेष्ठ र नेपाल भलिबल संघका पुर्व अध्यक्ष तमाङ लाई राखेपको बधाई तथा शुभकामना (भिडियो सहित)
काठमाण्डौं,साउन १९ । राष्ट्रिय खेलकुद परिषदले पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र नेपाल भलिबल संघका पुर्व अध्यक्ष दानबहादुर तमाङ लाई बधाई तथा शुभकामना दिएको छ ।
बिहिबार राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर जङ गहतराज अथकको समुपस्थितिमा शुभकामना तथा बधाई दिएको हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठज्यू पर्यटन, नागरिक तथा उड्डयन मन्त्री तथा नेपाल भलिबल संघका पूर्व अध्यक्ष दानबहादुर तामाङज्यू मित्रराष्ट्र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त हुनु भएकोमा बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको सदस्य सचिवले भन्नु भयो ।