टाइम्स क्वाटरफाइनलमा
काठमाडौं, साउन ३० गते । टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो । टाइम्सका सदीश प्रधानले २९ अंक जोडे ।
टाइम्स क्वाटरफाइनल पुग्ने पहिलो टोली हो । पहिलो दिन कसमस कलेजबाट वाकओभर पाएको टाइम्स समूह विजेता भयो ।
महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१–२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गरिन् ।
चारै क्वाटरमा अग्रता लिएको ललितपुरले क्रमशः १५–०, १३–११, १४–१० र ९–६ को प्रदर्शन ग¥यो । कीर्तिपुरको यो लगातार दोश्रो हार हो ।
प्रिमियर र युरो सेमिफाइनलमा
प्रिमियर र युरो पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा प्रिमियरले स्वर्णशिक्षालाई ५१–२१ ले पराजित ग¥यो । प्रिमियरको जितमा प्रणय बासीले १९ अंक योगदान गरे । अभिनव थापाको २० अंक सहयोगमा युरोले न्यु बुद्ध प्रकाशलाई ४२–२८ ले हरायो ।
ब्वाइजमै बुद्ध एकेडेमी र नेमोनिकले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । बुद्धले डाफोडिलमाथि ५४–१५ को सहज जित दर्ता ग¥यो । विजेताका दीपक लामाले १५ स्कोर गरे । प्यारागन विरुद्धको खेलमा नेमोनिक ५१–४५ ले विजयी भयो । नेमोनिकका प्रवेश तामाङले २६ अंक बटुले ।
सेमिफाइनलमा नेमानिकको भेट युरोसंग हुने छ भने प्रिमियरले बुद्धको सामना गर्ने छ । गल्र्सको क्वाटरफाइनल मंगलबार हुने छ ।
ग्रिनफिल्डलाई दोहोरो सफलता
आयोजक ग्रिनफिल्डले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे ।
सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३–३५ ले पराजित ग¥यो । ग्रिनफिल्डका सशांक कार्कीले १८ अंक जोडे । जुनियरमा अंकित सुनारको ९ अंक सहयोगमा ग्रिनफिल्ड ‘ए’ ले नेरिकलाई १८–१२ ले हरायो ।
सिनियर ब्वाइजको अन्य खेलमा नेरिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १९–१०, किङडम हिमालयले हेम्सलाई ६४–५२, महामञ्जुश्रीले पुष्प सदनलाई ३३–२० र काठमाडौं जेभियरले एलआरआईलाई ३०–१७ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले इबीएलाई १६–८, संस्कृतिले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० र महामञ्जुश्रीले हिमालयनलाई १४–११ ले पन्छाए । सिनियर गल्र्समा संस्कृतिले ग्रिनफिल्डलाई २२–१० तथा काष्ठमण्डपले हेम्सलाई २४–१३ ले पराजित गरे ।
अमित आइटेल मोबाइलको ब्रान्ड एम्बासडर
क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।
नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ ।
दायाँ हाते ब्याटर अमितले नेपालको यु–१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने बिगत १५ वर्ष देखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् । उनले २०१३ को एसीसी यु–१९ र यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । अमित क्यानले आयोजना गर्ने सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन् । उनले वीरगन्जको प्रतिनिधित्व गर्दै २०१२ मा उक्त कीर्तिमान बनाएका थिए । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौं किङ्स ११ बाट खेलेका थिए ।
आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।
सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने । कम्पनिले सुरुआतमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवस्यकता अनुसार प्रदान गर्ने जानकारी गराए । जसबापत अमितले कम्पनीको लोगो आफ्नो ब्याट लगायत क्रिकेट किटर सोसल मिडियामा समेत कम्पनिको प्रचार गर्नेछन् ।
अमितले भविष्यमा क्रिकेट खेल्न यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलो पटक प्रायोजक पाएको हुँ । यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।