बुद्ध र निस्टलाई बीआईबी कप
काठमाडौं, भदौ ३ । बुद्ध ऐकडेमी र निस्टले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बुद्ध ब्वाइज तथा निस्ट गल्र्समा च्याम्पियन बने ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित ग¥यो । बुद्धको जितमा कोसिश भुजेलले १६ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा पुर्णिमा बरालको १० अंक सहयोगमा निस्टले डाफोडिललाई २५–२१ ले हरायो । ब्वाइज÷गल्र्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कोसिश र पुर्णिमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
ब्वाइजमा निमोनिकका प्रवेश तामाङ तथा गल्र्समा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बने । सहभागी मध्ये समग्रमा निसर्ग वाटिका अनुशासित टिम ठहरियो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, बीआईएसका प्रिन्सिपल हरि लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ११ दिने प्रतियोगिताको ब्वाइज÷गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
इबीए र एन्जल्स हार्ट फाइनलमा
इडेन ब्रिज एकेडेमी (इबीए) र एन्जल्स हार्ट नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
इबीएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४–१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–२१ ले पराजित गरे ।
सिनियर ब्वाइजमा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५७–२४ तथा ग्रिनल्यान्डले किङडम हिमालयलाई ५४–३८ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । सिनियर गल्र्समा संस्कृतिले ग्रिनल्यान्डलाई १७–१२ तथा काष्ठमण्डपले रेडिअन्तलाई २२–१५ ले हराउदै फाइनल यात्रा तय गरे ।