बालेनले आँखा खोले नेताहरुको सामाजिक संजालमा कमेन्टको बर्षा
काठमाण्डौं,भदौ १० । यती काठमाण्डौंका मेयर बालेन साहले डोजर सँगै अनधिक्रित र नक्सा बिपरित संरचना बनाउनेहरुको सातो खाएका छन । उनको यो कदमलाई चौतर्फी प्रसंसा भएको छ । त्यतीमात्र होइन सामाजिक संजाल पनि तातेको छ ।
टुइटरमा कस्ले के भने ?
नेपाली कांग्रेसका उपसभापती धन राज गुरुङ लेख्नु हुन ” “शालिक बनाउने” काठमाण्डौंको मेयरको निर्णय सुन्दा मलाई लागेको थियो “जुन जोगी आए पनि कानै चिरेको” तर अनधिकृत रुपमा बनाइएका घर-टहराहरु भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु।
यस कार्यको खुलेर प्रशंसा गर्छु ।
रामेश्वर खनाल लेख्छन “कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै थियो। काठमाडौँका मेयर यो मूल्य भत्काउने अभियानमा छन्! ”
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लेक्छन “वेल डन बालेन साह किपिट अप ।”
त्यस्तै भक्तपुरका सांसद महेश बस्नेत र मेयर बालेन साहको फेसबुकमा जुहारी नै चलेको छ ।
मापदण्डविपरीत संरचना निर्माण गरेको जनाउँदै काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटाको भूमिगत तला जाने बाटो खाली गरेका छन् ।
भवनको बेसमेन्टमा औषधि र ल्याबसहितको संरचना बनाएको भन्दै मेयर बालेन्द्र साहले त्यसलाई तत्काल हटाउन आग्रह गर्नुभएको थियो । त्यस बेला अल्फाबिटाका सञ्चालक द्विराज शर्माले अटेर गरेपछि दोस्रोपटक जोडरसहित आएर भत्काएको हो । कामपाले हिजो बिहीबार बानेश्वर र तीनकुने, वरपरका आधा दर्जन संरचना हटाउन आग्रह गरेको थियो ।
बिहान बुद्धनगरको एक घरमा पुगेर बेसमेन्टमा सञ्चालन गरेको वर्गर हाउस बन्द गराएको थियो । त्यसपछि सो क्षेत्रमा मापदण्डविपरीत बनेको संरचना हटाउन माइकिङ गरेका थिए । मेयरसहितको टोली शंखमूलमा बेसमेन्टमा रहेको मुक्तिनाथ विकास बैंकमा पुगेको थियो ।नेपाल समचारपत्रमा खबर छ । कामपाले बैंकका कर्मचारीलाई सो स्थानबाट बैक सार्न आग्रह गरेका थिए ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार बन्द गराइएका सबै व्यवसाय त्यहाँबाट अन्यत्र सार्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्षति नहोस् भनेर आफैं स्थानान्तरण गर्न आग्रह गरेका हौं, नमाने बाध्य भएर भत्काउनेछौं ।’ उहाँले सो क्षेत्रमा एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको जानकारी दिनुभयो । अनुगमन जानुअघि मेयरसहितको टोली बिहान वडा नम्बर १० मा बैठक बसेर निर्णय गरेको थियो ।
कामपा शहरी विकास विभाग निर्देशक सुरज शाक्यले लिस्ट उपलब्ध गराएपछि एक्सनमा पुगेको थियो । मेयर साहले मापदण्डविपरीत भएका सबै संरचना हटाउने जानकारी दिनुभयो । यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको बोली सुन्दा भद्र जनप्रतिनिधि लाग्दैन । उहाँको स्वभाव हेर्दा डन जस्तो देखिन्छ । बिहीबार बिहान बानेश्वरस्थित अल्फाबिटा पुग्दा मेयर साहले सञ्चालक द्विराज शर्मासँग आक्रोशित हुँदै भन्नुभयो– तपाईंको घरको नक्सा मसँग हुनुपर्छ । तपाईंको घरको नक्सा मसँग हुन्छ । मसँग हुने कि तपाईंसँग हुने ।’
यति भनिरहँदा उपस्थित जनताले प्रमुख बालेन्द्रलाई भने– ‘बालेन सर तपाईं जनप्रतिनिधि भएर थर्काउन आएको रु’ त्यसपछि केही नरमजस्तो भएर बालेनले ‘हामीले ३५ दिनभित्र खाली गर भनेर सूचना दिएका छांै नि त’ भन्नुभएको थियो । केट्यौली पारामा विभिन्न कम्प्लेक्समा दौडिँदै हिँडेका प्रमुख साहले घरधनीलाई यसरी धम्क्याउनु स्वाभाविक देखिँदैन । वास्तवमा काम गर्ने आदेश दिने हैसियतमा बसेका साहले अधिकांश व्यापारिक भवनमा पुग्दा थर्काएको देखिन्छ ।
अल्फाबिटामा पुगेका प्रमुख साहले घरधनी शर्माले गल्ती नै गरेको भए पनि यसरी मनपरी बोल्नु स्वाभाविक देखिँदैन । शर्माले भन्नुभयो– ‘मेयर बालेनले गरेको व्यवहार देखेर जनताले उनको व्यवहार देख्दा डन जस्तो लाग्छ ।’ शर्माले आफ्नो घरको नक्सा महानगरपालिकासँग हुनुपर्ने बताउँदै कानुनविपरीत नभएका कारण आफूले नभत्काउने जिकिर गर्नुभयो । शर्माले भन्नुभयो– ‘यो कानुनी राज्य हो । हामीले करोडांै कर तिरेका छौं । करोडौं कर तिर्छांै यसरी डन भएर आउने होइन ।’ उहाँले आफूहरु वकिल लिएर महानगरपालिकामा पुग्ने र त्यसपछि मात्रै फैसला गर्ने बताउनुभएको थियो ।
शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो त अति भयो, हामीले सरकारसँग व्यवसाय गर्न करोडौं कर तिरेका छौं, सुरक्षाकर्मीसहित आएर हामीमाथि धम्की दिएको छ ।’ प्रमुख साहले सो भवनमा सञ्चालन भएका पसलको सटर बन्द गर्न आग्रह गर्नुभएको थियो । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको पाइएको छ । शर्माले बेसमेन्टमा ल्याबसहितको औषधि पसल सञ्चालन गरेको महानगरपालिकाको भनाइ छ ।