बागमती प्रदेशस्तरीय बक्सिङ्ग छनौट सम्पन्न
काठमाण्डौं,भदौ १४ । आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि बागमती प्रदेशस्तरयि बक्सिङ्ग खेलमा बक्सिङ्ग खेलका पुरुष १३ र महिला १० वटै तौल समुहमा छनौट खेल सम्पन्न भएको छ ।
आज सम्पन्न भएका फाईनल खेलहरुमा महिला ५० किलो तौल समुह तर्फ भक्तपुरका अस्मिता दुवालले काभ्रेकि प्रतिष्ठा अर्याललाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
पुरुष ४८ किलो तौल समुहमा काठमाण्डौका रविन थापाले काभ्रेका लक्ष्मण राईलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गरे ५४ तौल समुहमा काठमाण्डौका मदनकृष्ण डंगोलले मकवानपुरका सुदेस मानन्धरलाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरेका थिए ।
पुरुष ६० किलो तौल समुहमा काठमाण्डौका सुलभ मालीले काठमाण्डौकै मार्शल गुरुङ्गलाई पराजित गरेका थिए पुरुष ६३.५ किलो तौल समुहमा रसुवाका मौसम रानामगरले काठमाण्डौका मनिष श्रेष्ठलाई ५ः० अंकको आधारमा पराजित गरे ।
पुरुष ६७ किलो तौल समुहमा मकवानपुरका अमन श्रेष्ठले काठमाण्डौका प्रशान्त तामाङ्गलाई पराजित गरे । ७१ किलो तौल समुहमा काठमाण्डौका प्रमोद राईले काठमाण्डौकै कलिम खानलाई ५ः०को आधारमा पराजित गरे । पुरुष ७५ किलो तौल समुहमा काभ्रेका विनिश राईले रामेछापका मनोज तामाङ्गलाई युनानिमस डिसिजनको आधारमा पराजित गरे ।
९२ किलो तौलमा काठमाण्डौका शाहिल महर्जनले चितवनका विभान गुरुङ्गलाई वाक ओभर दिए । ।
९२ माथि तौल समुहमा काभ्रेका उज्जवलले ललितपुरका आसुतोस भण्डारीलाई एबीडीका आधारमा पराजित गरे ।
बागमती प्रदेशबाट छनौट भएका खेलाडीहरुको अन्तिम नामावाली यस प्रकार रहेको छ ।
पुरुष तर्फ
१. ४८ किलोे रविन थापा (काठमाण्डौ )
२. ५१ किलो लाल प्रसाद उप्रेति (काभ्रे)
३. ५४ किलो मदन कृष्ण डंगोल (काठमाण्डौ )
४. ५७ किलो सुरज महर्जन (काठमाण्डौ)
५. ६० किलो सुलभ माली ( काठमाण्डौ)
६. ६३.५ किलो मौसम रानामगर (रसुवा)
७. ६७ किलो अमन श्रेष्ठ (मकवानपुर)
८. ७१ किलो प्रमोद राई (काठमाण्डौ)
९. ७५ किलो विनिस राई (काभ्रे)
१०. ८० किलो मोहन तामाङ्ग (काठमाण्डौ)
११. ८६ किलो सुजन बोहोरा (काठमाण्डौ
१२. ९२ किलो साहिल महर्जन ( काठमाण्डौ)
१३. ९२ प्लस किलो उज्जवल बस्नेत (काभ्रे)
महिला तर्फ
१. ४६ देखि ४८ किलो सुष्मा तामाङ्ग (काठमाण्डौ)
२. ५० किलो अस्मिता दुवाल (भक्तपुर)
३. ५२ किलो विविसा श्रेष्ठ (काभ्रे)
४. ५४ किलो पेमा श्रेष्ठ (काभ्रे)
५. ५७ किलो हेमा राई (काभ्रे)
६. ६० किलो डेचेन शेर्पा (काभ्रे)
७. ६३ किलो जेविका थापा (काभ्रे)
८. ६६ किलो स्मृती श्रेष्ठ (काठमाण्डौ
९. ६९ किलो कबुना श्रेष्ठ (काठमाण्डौ)
१०. ७५ किलो निस्मा गुरुङ्ग (काभ्रे)
उक्त छनौट खेलमा नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवाले लगायत संघका पदाधिकारीहरु, बागमती प्रदेश खेलकुद परिषदका पदाधिकारीहरु एवम् खेलाडीहरुको उपस्थिति रहेको थियो ।