९ औँ राष्ट्रिय खेलकुद अन्तर्राष्ट्रिय छनौटको केन्द्र हो : सदस्य सचिव घिसिंङ्ग

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदलाई सामान्य रुपमा नलिन आग्रह गर्नु भएको छ । राष्ट्रिय उसु डिप्लोमा कोर्स-२०२२ र राष्ट्रिय उसु जज सेमिनार-२०२२ उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै उहाँले ९ औँ राष्ट्रिय खेलकुद आगामी १४ औँ दक्षिण एसियायाली खेलकुद र आगामी १९ औँ एसियाली खेलकुदको छनोटको प्लेटफर्म रहेको बताउनु भएको हो ।

उहाँले उसुका निर्णायकहरुलाई राम्रो जज गर्न निर्देशन दिनु भयो । उहाँले भन्नु भयो,  “हामीले तुरुन्तै राष्ट्रिय टिमको प्रशिक्षण गर्नेछौ । त्यो प्रशिक्षणबाट हामीले निखार्दै निखार्दै लगेर हामीले आगामी १४ औँ दक्षिण एसियायाली खेलकुद र १९ औँ एसियाली खेलकुदमा पुग्दा फेरी नयाँ उचाइमा नयाँ उपलब्धी हासिल गर्ने र त्यो इतिहास रचना गर्ने ठाउँंमा उशुलाई पुर्‍याउनु छ ।”

उहाँले नेशनल टिमले नेशनल टिमसँग मात्रै खेल्ने बताउनु भयो । उहाँले भन्नु भयो, “कहिलेकाही इण्डो नेपाल भन्दिने, कहिलेकाही साउथ एसियन भन्दिने, लेभल नै नमिल्ने प्रतियोगिताहरु गरिरहेका छौँ हामी कतिपय खेलहरु । यसलाई अभोइड गर्न चाहन्छु ।”

सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद परिषदले उसु महासंघलाई व्यवस्थापनका निमित आवश्यक सपोर्ट आर्थिक,खेलकुद सामाग्री सबै कुराको सहयोग हुने बताउनु भयो । उहाँले हरेक प्रतियोगिताहरुबाट राम्रो क्षमता भएका खेलाडीहरुलाई हन्ट गर्न जोड दिनुभयो ।

मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv