एनआरएनएले दियो बिणा माबिलाई पुस्तक लाईब्रेरी बालबालिकाको अध्ययनशिलता बढाउने विश्वाश

कञ्चनपुर,भदौ २७ । एनआरएनएले कञ्चनपुरको बिचवामा रहेको बिणा माध्यमिक विद्यालयमा  एनआरएनए लाईब्रेरी स्थापना गरि हस्तान्त्रण गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) र भक्त बिबि फर ह्युमानिटिको संयुक्त सहयोग र पहलमा सोमवार एनआरएनए लाईब्रेरी हस्तान्तरण गरिएको हो ।

भक्त बीबी फर ह्युमानिटीका तर्फबाट राजु चन्दले बिद्यालयका प्रधानाध्यापकलाई उक्त लाईब्रेरी हस्तान्तरण गर्नु भयो ।

कक्षाको नियमित पढाई बाहेक रहेको अतिरिक्त समयमा बालबालिकाहरुले पढ्ने बानी बसाल्नका लागि उपलब्ध रहेको विभिन्न कथा, कविता, चित्र ,व्यंग्यचित्र लगायतका पुस्तकहरु उपयोगी हुनेछ । एक हजार पाँच सय बढी पुस्तकहरु विद्यालयको लाईब्रेरीमा राखिएको संयोजक राजु चन्दले बताउनु भयो ।

एनआरएनए लाईब्रेरीले बिणा माबिमा रहेका बालबालिकाको अध्ययनशिलता बौद्धिक बिकास र पुस्तक प्रति रुची रहनेछ भन्ने विश्वाश लिएको एनआरएनए लाइब्रेरी प्रमुख तथा भक्त बीबी फर ह्युमानिटीका संरक्षक भक्त बहादुर भण्डारीले जानकारी दिनु भयो ।

यसअघी डडेल्धुरा जिल्लाको बाल कल्याण माध्यामिक बिध्यालय,र घनघस्या माद्यामिक बिद्यालयमा लाइब्रेरी स्थापना गरी सकेको वहाँले बताउनु भयो ।

भक्त बीबी फर ह्युमानिटीको सकृयतामा एनआरएनएका अध्यक्ष बिनोद कुंवर, बिक्कु लामा (दुर्गम लाईब्रेरी अभियानता ) , हेल्प नेपाल नेट्वर्कले सहयोग गरी रहेको छ ।

 

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv