नवौं राष्ट्रिय खेलकुदको सफलतामा राखेप सदस्य–सचिवले दिए धन्यवाद

नवौं राष्ट्रिय खेलकुद २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राष्ट्रिय खेलकुद परिषद्को भएपनि यसलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका छैन ।
नवौं राष्ट्रिय खेलकुद सफल पार्न भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार, कास्कीसहित गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाका स्थानिय सरकार, विभिन्न राष्ट्रिय खेल संघ, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शैक्षिक संस्थाहरु, विद्यार्थी, सञ्चारकर्मी, स्वयंसेवक, स्थानियवासी, दर्शक, विभिन्न १४ विषयगत उपसमिति, प्रशिक्षक, निर्णायक, खेलाडी, कर्मचारी, प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुप्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छ ।


राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद– २०७९ मा धेरै नयाँ कुराको थालनी गरेको यहाँहरुमा सर्वविदित्तै छ । राष्ट्रिय खेलकुदकै इतिहासमा रनिङ ट्रफीको सुरुआत गर्नु, खेलाडी दर्ता अनलाइन पद्धतिबाट गर्नु, खेलाडीको एन्टी डोपिङ परीक्षण गर्नु, नवौं राष्ट्रिय खेलकुदलाई नै लक्षित गरी वेभसाइट निर्माण गर्नु, मोबाइल एप सञ्चालनमा ल्याउनु, खेलाडीहरुको विस्तृत अध्ययन तथा अनुसन्धान लगायत रहेका छन् । यसले नेपाली खेलकुदको विकासमा दीर्घकालीन प्रभाव पार्ने छ ।
राष्ट्रिय खेलकुद परिषद्को पोखरामा कात्तिक २ गते बसेको ११५ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गर्दै झण्डा हस्तान्तरण गरेको छ । १० औं राष्ट्रिय खेलकुदलाई अझ भब्य र सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् समयमै तयारी थाल्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।
नवौं राष्ट्रिय खेलकुदका दौरान हामीले प्याराग्लाइडिङका खेलाडी निसिम थापालाई गुमाउनु प¥यो । यस दुखद घडीमा राष्ट्रिय खेलकुद परिषद् दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । उहाँको सम्मानमा पोखरा रंगशाला हाता भित्र शालिक निर्माण गर्ने छौं ।
नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६१२७ खेलाडीले कुल ३९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेकोमा सर्वाधिक १७२ स्वर्णसहित नवौं राष्ट्रिय खेलकुदको विजेता भइ रनिङ ट्रफी हासिल गर्न सफल भएकोमा त्रिभूवन आर्मी क्लबलाई हार्दिक बधाइ ज्ञापन गर्दछ । साथै अन्य टिमका पदक विजेता खेलाडी र सहभागी टोलीलाई पनि धन्यवाद ।
अन्तमा नवौं राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णमा पुनः आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौं ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv