निम्स र युनिकलाई उपाधि

काठमाडौं, कात्तिक २९ गते । निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैको उपाधि रक्षा ग¥यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो ।

स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्यामिपयन निम्सले जेनिथलाई ४७–३६ ले पराजित ग¥यो । निम्सका सरोज सेती मगर र आयुशले समान ११–११ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले संस्कृतिलाई २०–११ ले हरायो । निम्सकी टिना लिम्बूले ८ स्कोर गरिन् ।
जुनियर ब्वाइज फाइनलमा युनिकले ग्रिनफिल्डलाई २१–१७ ले पाखा लगायो । युनिकका सजित रिमालले ७ अंक बटुले ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सागर, टिना र सजित आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा विस्डम इङलिस एकेडेमी, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल र जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागर अनुशासित टिम चुनिए ।

विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष डिके ढुंगाना र उपाध्यक्ष गोपाल आचार्य, आयोजक रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसी, आयोजक रेडिअन्टका को–ओर्डिनेटर दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे । कात्तिक २१ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी ४८ टिम सहभागी थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv