अब बहाना बनाएर राजस्वमा छुट हुन्न :- अर्थमन्त्री पौडेल (भिडियो सहित )

काठमाण्डौं,माघ १९ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले बिगतमा भएका समस्याहरुलाई देखाएर राजस्व छुट नहुने बताउनु भएको छ । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)को आयोजनामा सञ्चालित ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अब बहाना बनाएर राजस्वमा छुट नहुने बताएका हुन् ।

‘अहिले हामी जोखिममै छौँ । समस्या पूर्ण रुपमा समाधान भईसकेको छैन । तर, अब पनि सच्चिएनौँ भने स्थिति सहज नहुन सक्छ’, उनले भने, ‘नीतिगत सुधार र अर्थतन्त्र ट्रयाकमा ल्याउन अर्थमन्त्रालयले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैन तर गभर्नरसँग छलफल चाहिँ गर्छौं ।’ अर्थ मन्त्री पौडेल ले भन्नु भयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको काम सुरु भइसकेको  र वास्तविकतामा आधारित बजेट ल्याउने तयारी रहेको  पौडेलले बताए । ‘आगामी आर्थिक वर्षको स्रोतको अनुमान र बजेटको आकारमाथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन्’, उनले भने, ‘त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ ।’ हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv