गायक हिमाल सागरले “आह कती राम्री” भनेपछी मिस पबी भुतुक्कै

काठमाण्डौं,माघ २० । गायक हिमाल सागर र गायिका अनु चौधरी को स्वरमा रहेको “आह कती राम्री ” बोलको म्युजिक भिडियो युट्युबमा आएको छ । एक सातामै ५ लाख भन्दा बढी भ्युज भएपछी निर्माण टिमले आज शुक्रबार पत्रकार भेटघाटको आयोजना गरेको छ ।

भेटघाटमा गायक हिमाल सागर,भिडियोमा अभिनय गरेकी मिस पबी (पवित्रा साकी),निर्देशक युवराज वाइबा,गीतकार तथा संगितकार हेमन्त शिशिर को उपस्थिती रहेको थियो ।

प्रेमभावमा अभिप्रेरित उक्त म्युजिक भिडियो निर्माणका क्रममा भएका अनुभव सुनाउदै गायक हिमाल ले भने “शब्द र संगीतले मन छोयो र नयाँ अनुहारलाई राखेर छायांकन गर्न पाए अझ उत्कृष्ट हुने चाहना अनुरुप टिकटकमा चर्चा कमाएकी मिस पबी सँग आँफैले अभिनय गर्न पाउँदा खुशी लाग्यो । ” त्यस्तै एउटा अनुभवी र चर्चा कमाएका सिनिएर गायक सँग अभिनय गर्ने अवसर पाउँदा भाग्यमानी ठानेकी छु ।” मिस पबी अर्थात पवित्र साकी ले बताइन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv