नयाँ बर्षमा नरेन र सुरक्षाको ‘बुलाकी’
काठमाडौं,माघ २४ । नारी प्रधान कथानक चलचित्र ‘बुलाकी’ आउँदो बैशाख १ गते प्रदर्शन हुने भएको छ । लक्ष्मण सुनार निर्देशीत चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजीक संजालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।
‘फस्र्टलुक’ का कारण चर्चामा रहदै आएको चलचित्रमा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी,प्रकाश कँडेल,कुलदीप अधिकारी,सुशील पोखरेल,लक्ष्मी गिरी,सोनु सेढाइ,सरस्वती खत्रीले अभिनय गरेका छन् । कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा केन्द्रित फिल्म शिब ढकालले खिचेका हुन् ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्रको बितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको बितरक एफडी हो । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।
म्युजीक डटकमले डिजिटल राइट खरिद गरेको फिल्म डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको हो ।