गाई को महत्त्व र संरक्षणका लागि ‘गौ प्रतिष्ठा पदयात्रा’ शुभारम्भ
धनगढी,फागुन १३ । गोठालो फाउन्डेसन का संरक्षक योगी पिताम्बरले “गौ प्रतिष्ठा पदयात्रा” शुरु गरेका छन् । “गौ को महत्त्व र संरक्षण सबैलाई बुझाउने प्रयास” “गौ संरक्षण अभियान ” भन्ने शन्देश लिएर शुक्रबार कर्णालीको चिसापानीमा विधिवत पुजाअर्चना गरि पदयात्रा प्रारम्भ गरेका हुन् ।
गत वर्ष कन्चनपुरको महाकाली नदि किनार देखि चितवनको देवघाट सम्मको पदयात्रा तय गर्नु भएका योगि पिताम्बर ले आफ्नो पुर्वको पाँचथर देखि बर्दियाको कतर्निया सम्म झण्डै बाईस स्थानमा गौशाला स्थापना गरेका छन् । गाईको संरक्षण सँगै पन्चगव्य उत्पादनसँग स्थानीय किसानलाई रोजगार र आम्दानी सिर्जना गर्दै आएका छन् ।
कर्म योगको शिद्धान्तले दिक्षित योगि पितामबर चैत्र ३ गते हरिद्वार पुगेर भारतका धार्मिक ब्याक्तित्वहरुको उपस्थितिमा विशेष धार्मिक अनुष्ठान सम्पन्न गर्दै आफ्नो पदयात्रालाई विश्राम दिनेछन् ।
सुदुर पश्चिम मा छोडिएका गौ को समस्या झनै बिकराल रहेकोले अबको प्रयास पश्चिम नेपाल रहने बिचार ब्यक्त गर्दै योगि पिताम्बरले गौ को दिगो ब्यबस्थापन गर्न सबै जना जुट्नु पर्ने आवश्यकता रहेको कुरा बताउंदै यो यात्रामा आफुले जानेका गौ ज्ञान का कुराहरु सबै सामु पस्किदैं जाने हुनाले पायक पर्ने आम जनसमुदायलाई यात्रा र यात्रा विश्राम स्थलमा भेट्न अपिल गरेका छन् ।
गोठालो फाउण्डेसन कैलालीका संरक्षक रहनु भएका योगि पिताम्बरलाई फाउण्डेसनका अध्यक्ष राज बहादुर चन्द एवम् सचिब नवराज पन्त ले बिहान ९ बजे चिसापानी मा अयोजित एक समारोहबीच गौ प्रतिष्ठा पद यात्राको पुर्ण सफलताको शुभकामना दिंदै योगि को पदयात्रा शुभारम्भ गरिएको सचिव पन्त ले बताए ।
कार्यक्रममा बार बर्दिया नगरपालिकाका प्रमुख, उप प्रमुख लगायत समाजसेवी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।