आज तराईमा होली मनाइँदै

काठमाण्डौं,फागुन २३ । फागु पूर्णिमा अर्थात होली पर्व आज तराई-मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ।

तराई-मधेशका जिल्लामा आज एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर होली मनाइँदै छ। फागुन २३ गते हिमाली एवं पहाडी जिल्ला होली पर्व मनाइएको  थियो।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। त्यस्तै, यसलाई पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन पनि छ।

होलीका लागि आज तराई-मधेशका जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv