देशको अर्थतन्त्रलाई बचाउन सक्ने नेताको नेत्रुत्वमा काँग्रेस अगाडि बढ्नुपर्छ – अब्दुल सत्तार नेता नेपाली कांग्रेस ( भिडियो सहित )
काठमाण्डौं,चैत ८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता अब्दुल सत्तारले सरकारमा जानु अघी नेपालको अर्थतन्त्रमा राम्ररी अनुभव बटुलेको नेतालाई अगाडी बढाएर जानु पर्ने बताउनु भएको छ । बुधवार नियात्रा टिभीका रतन चन्द सँग गरिएको अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा भन्नु भएको हो ।
नेपाली कांग्रेस छिट्टै सरकारमा जान्छ र अर्थमन्त्रालयको पनि बागडोर सम्भालेर यो गठबन्धनलाई मात्र नभै देशको अर्थतन्त्रमा सुधार ल्याउन राम्रो योजना ल्याउने छ भन्नु भयो ।
त्यस्तै देशमा जबजब अप्ठ्यारो परिस्थिती आउँछ त्यो बेला नेपाली कांग्रेसले नै सम्भालेको हो र यसपटक पनि संबिधान र लोकतन्त्रलाई जोगाउन बनाएको गठबन्धन भएकोले सबैलाई स्थिर सरकार हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो ।
आजको दिनमा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पार्टीले कसरी सम्झिएको छ ? भन्ने प्रश्नको जवाफमा नेता सत्तारले भन्नु भयो “नेपाली कांग्रेसले सदैव गिरिजा प्रसाद कोइरालालाई शान्तिका संवाहकका रुपमा लिएको छ । बिपी कोइराला पछी सर्वमान्य नेता गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला र शुशिल कोइरालाको छुट्टाछुट्टै योगदान छ पार्टीले सदैव उच्च सम्मान दिएको छ ।” बताउनु भयो ।
त्यस्तै भरखरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अयोग्य लडाकुलाई दिने रकमको बिषयमा असन्तुस्ती ब्यक्त गर्नु भयो । हेर्नुहोस् भिडियो :-