सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७९

काठमाण्डौं,चैत २७ । पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली ८ चरणसम्म अपराजीत रहदै एक खेल अगावै च्यापियन हुने निश्चित भएको छ । नेपालीले छैटै चरणमा लोकसागर साम्बालाई , सातै चरणमा नवीन तण्डुकारलार्इ र अठै चरणमा सुमन श्रेषठलाई  पराजीत गर्दै उपाधी एक खेल अगावै पक्का गरेका हुन् ।

आठै  चरणको खेल सकिदा ६ जीत १ बराबरी १ हार नतिजा निकाल्स सफल खोमप्रसाद दोस्रो स्थानमा रहेका छन् भने नेपाल च्याम्पियन पुरूषोत्तम चैलागारई , पूर्व नेपाल च्याम्पियनद्धय  नवीन तण्डुकार र भुपेन्द्र निरैला, स्थायनीय खेलडीद्वय लोकसागर साम्बा र पुकार रार्इ सहित जम्मा १२ जान खेलाडीहरूले समान ६ अंक प्राप्त गरेका छन् ।
अन्य स्थानीय खेलाडीहरू डीबी लिम्बू, निलम बस्नेत, बलबहादुर बस्नेत, कृष्णकुमार राई , देवेन्द्र वनेम ५ अंक जीवन राई , गोपाल चाम्लिङ राई , रोहित सुब्बा, कृस सबेनहाङ ४.५ अंक नवै चरणमा टेवल १ मा बन्द्रीलाल नेपाली र पुरूषोत्तम चैलागाई , टेवल २ मा उमेश राई  र खोमप्रसाद तिम्सिना खेल्नेछन् भने स्थानीय खेलाडी लोकसागर साम्बाले प्रकाशचन्द्र नेपालसँग र पुकार राईले बलबहादुर तामाङसँग खेल्नेछन् ।

(फोटोमा बद्रीलाल नेपाली नवीन तन्डु्कार सङ्गको खेलमा)



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv