१३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन

काठ्माण्डौं बैसाख ६ । काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोश्रो भयो । तेश्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीले जनाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन छात्रको भलिबलमा चितवन पहिलो, धादिङ दोश्रो तथा मकवानपुर र ललितपुर तेश्रो भए । छात्रामा काठमाडौंले स्वर्ण, मकवानपुरले रजत तथा काभ्रे र ललितपुरले कांस्य जिते ।

कबड्डीको छात्रमा काभ्रे पहिलो, काठमाडौं दोश्रो तथा धादिङ र मकवानपुर तेश्रो बने । छात्रामा काठमाडौं विजेता, धादिङ उपविजेता तथा मकवानपुर र भक्तपुर तेश्रो बने ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला र प्रकाश कुसारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उप–महासचिव पिताम्बर तिम्सिना, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा ५२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार जम्मा १ हजार २ सय ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv