राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनु नै एजेन्डा बिहिन पुराना दल कारक – अर्जुन ज्ञवाली ( लेख )

काठमाण्डौं,बैशाख १२ । एजेन्डा बिहिन पुराना दलहरूकै कारण उदय भएको एजेन्डा बिहिन स्वतन्त्र पार्टी । यो युग क्याम्पसमा ढुङ्गा हानेर नेता बन्ने घनश्याम,योगेश,झाक्री, युग होइन। मानिसको घाटी रेटेर लोकतन्त्रको रटलगाउने प्रचण्ड,बाबुराम युग होइन ।

जो सबैभन्दा बढी तानाशाह छ उहीँ प्रजातान्त्रिक हुने बिपि कोइरालाको युग होईन। जो कम्युनिस्ट मुलुक चिनको जासुसी गर्न रअ र सिआइएको काम गरछ उहीँ कम्युनिस्ट बनेर जनता झुक्याउने पुस्पला,मोहबिक्रम सिह,मोहन बैध,सिपि गजुरेल ,नेत्रबिक्रम चन्दजस्ता भारतीय/अमेरिकी एजेन्ट नारा भारतिय बिस्तबाद अमेरिकी साम्राज्यवाद दिनेहरूको युगहोइन।धर्मधारण गर्नेकुराहो । धर्मधारण नगर्ने हिन्दूधर्मको नारामा भोट बटुलेर धर्मनिरपेक्ष संविधानको सपथ खाने इसाई पास्टर मनोनीत गर्ने कमल थापा युग होइन ।

राजतन्त्र पुनःस्थापनको एजेन्डा दिएर रास्ट्रपतिको सपथ खादै प्रचण्ड सरकारमा सहभागी हुने राजेन्द्र लिङदेनको युग होईन । युनिफिकेशन चर्चको होलिवाइन खाएर राम/सिताको भजन गाउने केपि ओलिको युग होईन। आमाको क्रिया नगरी दरबारमा निवेदन हाल्ने माधबनेपाल प्रवृत्तिको युग होईन ।

यो युग कान्तिपुर ,नयाँ पत्रीका हिमाल हरुले छरेको दिग्भ्रमलाइनै सत्य समाचार मान्ने युगपनी होइन । यसै बिक्रीतिमा टेकेर पपुलिजमा आएको स्वतन्त्र पार्टीको युगपनि होईन यो केवल जनताले एजेन्डा सहितको बिकल्प नपाएको अवस्थामा पुराना दलहरू विरुद्धको बिद्रोह हो । दलप्रतिको बिद्रोह हो । पहिचानका नाममा जातिबादी अराजकताबादको युगपनी होइन । सूचना सञ्चारले घर घरमा पहुँच पुर्याएको अवस्थामा नयाँ एजेन्डाबिहिन पुरानै दलको शैलीमा निरन्तरता दिन सम्भव छैन ।

यो अवस्थामा मिसनरिमाथिको हस्तक्षेप आआफ्नो दलभित्र सृजनागर्दै देशभक्तहरुको अघोषित संयुक्त मोर्चा सम्भव छ।अहिलेको बिक्ल्प यही हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv