खेलकुद बीमालेखमा छलफल

काठमाण्डौं,बैशाख १४ । खेलकुद बीमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो ।

खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उदेश्य भएको भन्दै राष्ट्रिय खेलकुद परिाष्दका सदस्य–सचिव टंकलाल घिसिङले छिटै लेख कार्यान्वयनमा ल्याउन सुझाव दिनु भयो ।

खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारी तथा खेल कर्मचारीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुदाँ हुने दुर्घटनाबाट पुग्ने क्षति न्यूनिकरण र बहनका लागि बीमालेख आवश्यक भएको हो । कार्यक्रममा परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा सरोकारवालाहरुको सहभागिता थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv