टी ट्वान्टी नेत्रहीन महिला क्रिकेट शृंखलामा नेपाली टिम बिजयी
काठमाण्डौं,बैशाख १८ । दोस्रो नेपाल भारत द्विपक्षीय टी ट्वान्टी नेत्रहीन महिला क्रिकेट शृंखलामा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले १० ओभरमा १०/१० ओभरमा ८२ रन बनाउन सफल भएको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १० ओभरमा ८२ रन बनाउन सफल भएको हो ।
यस सिरिजमा प्लेयर अफ द सिरिजलाई क्रमशः १० , हजार नगद , प्रमाणपत्र र ट्रफी प्रदान गरिएको गरिएको छ ।
प्लेयर अफ द सिरिज बी वान भारतीय खेलाडी सिमु दासले १७० रन बनाए । प्लेयर अफ द सिरिज बी टु नेपाली खेलाडी मनकेशरी चौधरीले २१३ रन बनाइन् ।
प्लेयर अफ दि सिरिज बी थ्री नेपाली खेलाडी विनिता पुनले ३४४ रन बनाएकी छिन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठ र विशेष अतिथि युएनडीपी निवासी आयशानी लाबे बिजयी खेलाडीलाई नगद र प्रमाण पत्र बितरण गर्नुभयो ।
।
पहिलो नेपाली टिमले रु ८५ हजार नगद , प्रमाणपत्र र ट्रफी प्राप्त गरे भने दोस्रो भारती टिमले रु ५१ हजार , प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
विगत १७ वर्षदेखि क्रिकेट खेल्दै आएकी नेपालका राष्ट्रिय कप्तान भगवती भट्टराई वरले राष्ट्रिय कप्तानबाट सन्यास लिएपछि उनलाई विशेष सम्मान गरिएको हो ।