पुस्तकालय स्थापना गर्न भक्त बीबी फर ह्युमानिटीले पाँचहजार थान पुस्तक पठायो

काठमाण्डौं,बैशाख १९ । भक्त बीबी फर ह्युमानिटीले ५००० हजार थान पुस्तक डडेल्धुरा पठाएको छ । सोमबार बिद्यालयमा लाइब्रेरीका लागि भन्दै काठमाण्डौं देखी डडेल्धुरा पठाएको हो ।

डडेल्धुरा जिल्लाको ग्रामीण क्षेत्रका बिद्यालयमा पुस्तकालय स्थापना गरी बालबालिकाको बैद्दिक बिकास गर्ने उदेश्य रहेको संस्थाका अभियानता ज्ञानेन्द्र प्रसाद भट्टले बताउनु भयो । पछील्ला दिनमा १५ देखी २० हजार पुस्तक जिल्लाका बिभिन्न बिद्यालयमा बाँटी सकेको र बाँकी पुस्तकपनि यसैगरी बाँट्ने योजना अनुरुप नै पठाइको संस्थाका कोषाध्यक्ष पुरुषोत्तमराज भन्डारीले भन्नु भयो ।

संस्थाले पछील्लो समय कोरोना संक्रमणकालमा ४० जिल्लामा खाध्यान्न,अक्सिजन,मास्क र सेनिटाइजर निशुल्क बितरण गरेको थियो । त्यस्तै सुदुरपच्चिम प्रदेशको धनगढीमा क्वारेन्टाइन स्थापना गरी पहाडी जिल्ला बझाङ,बाजुरा,दार्चुला,अछाम र डडेल्धुरामा निशुल्क बस संचालन गरेको थियो ।

हाल संस्थाले दुर्गम पहाडी जिल्ला लक्षित सेवामुलक कार्य गर्दै आईरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv